एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी–१ कै २१ वर्षीया भवानी खकुराल गस्ती हिँड्ने क्रममा चिप्लिएर मंगलबार घाइते भएकी थिइन् ।

घाइते खकुरालको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार हुन नसकी न्युरो अस्पताल प्रेषण गरिएको र सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले बताए ।

म्यादी प्रहरीको बिमा नगरिएकाले क्षतिपूर्ति नेपाल सरकारले निर्णय गरेअनुसार हुने खत्रीले बताए ।

सम्बन्धित समाचार

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०७९ कार्तिक १७, ०८: ००

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...

आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा
आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा
  • २०७९ कार्तिक १७, ०८: ००

बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...

बंगलादेशमा बीएनपीले गर्‍यो बहुमतको दाबी
बंगलादेशमा बीएनपीले गर्‍यो बहुमतको दाबी
  • २०७९ कार्तिक १७, ०८: ००

काठमाडौं । अनौपचारिक परिणामहरूले तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले बलियो अग्रता लिएको देखिएको छ ।बंगलादेश निर्वाचन आयोगबाट अझै...