काँग्रेसको बुई चढेका प्रचण्डले गोरखाबाट जितेर विश्वलाई देखाउछु भनेपछि… – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

काँग्रेसको बुई चढेका प्रचण्डले गोरखाबाट जितेर विश्वलाई देखाउछु भनेपछि…

गोरखा । नेपाली काँग्रेसको बुई चढेर उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट जितेर संसारलाई देखाउने बताएका छन् ।

गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन् ।गोरखामा रेकर्डसहित विजय गराउन जनता आतुर भएको बताए ।

उनले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भूमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गरे। चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग बसेको भन्दै कार्यकर्तालाई थप जोड दिन निर्देशन दिए । एक–एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्‍याउन ध्यान दिन जरुरी रहेको बताए ।

मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको उल्लेख गरे। अध्यक्ष दाहालले एकताको सन्देश दिन आफू गोरखामा चुनाव लडेको जिकिर गरे ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०७९ कार्तिक १७, ०८: ३०

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०७९ कार्तिक १७, ०८: ३०

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०७९ कार्तिक १७, ०८: ३०

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...