रुपन्देही । दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका ३ जना पक्राउ परेका छन् । १८ र १९ वर्षीया ती किशोरीलाई बलात्कार गरेका हुन ।
सैनामैना ११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर पक्राउ परेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले बताए । आरोपीले घटनामा संलग्न थप ३ जनाको नाम बताएका छन् ।
फरार उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए । पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको छ।
कञ्चन गाउँपालिका २ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...
मन्थली : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा...