पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट भएको निधनप्रति महासंघ स्तब्ध | Naya Bikalpa
December 5, 2022, Monday

पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट भएको निधनप्रति महासंघ स्तब्ध

काठमाडौं । रेडियो भोटेवडारमा कार्यरत पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणका कारण २३ वर्षको अल्पायुमै उपचारको क्रममा निधन भएको दुःखद् खबर महासंघ स्तब्ध भएको जनाएको छ ।

डेंगु सक्रमित भई कात्तिक १५ गते लमजुङस्थित मोडल अस्पतालमा उपचाररत अधिकारीलाई थप उपचारका लागि आज बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसि) पु¥याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको हो ।

लमजुङमा सक्रिय पत्रकारितामा गर्दै आएकी अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जावान युवा पत्रकार गुमाएको छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गरेको छ ।

 

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ कार्तिक १७, १३: १०

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ कार्तिक १७, १३: १०

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ कार्तिक १७, १३: १०

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...