लेवी उठाएर मासवेस पार्टीको संरचना बिगार्ने मस्यौदा काम लाग्दैन – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

लेवी उठाएर मासवेस पार्टीको संरचना बिगार्ने मस्यौदा काम लाग्दैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीको मासबेस चरित्रलाई क्याडरबेस बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले पासबेस पार्टीमा कडा अनुशासनको प्रावधान नियमावलीमा राखेर नियन्त्रणमुखी र कठोर व्यस्था गरेर पार्टीको प्रभव नफैलने बताएका छन् ।

शुक्रबारबाट शुरु कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा प्रस्ताव गरिएको नियमावलीमाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरुले कम्युनिस्ट पार्टीमा जस्तो जसरी लेवी उठाउने गर्ने हो भने कांग्रेसले लोकतान्त्रिक चरित्र नै गुमाउन सक्ने भन्दै पार्टीलाई सचेत गराएका छन् ।

उनीहरुले अनलाईनबाट पार्टीको सदस्यता पाउने जमानामा लेवी उठाउँदो केन्द्रीय नेताको आलोचना गर्न पनि नपाउने प्रावधान राखिएमा पार्टीप्रति आकर्षण झन घट्ने भन्दै चिन्ता व्यक्त गरे । उनीहरुले पार्टीलाई खुल्ला र प्रतिष्पर्धी बनाउन छोडेर कठोर अनुशासन र नियन्त्रणमुखि तथा सैनिकीकरणतर्फ उन्मुख नगराउन आग्रह गरेका छन् । पार्टीको बिषयमा शीर्ष नेताको टिका टिप्पणी गर्न नहुने र नियमित लेवी उठाउने गर्नाले पार्टीको मूल चरित्रमाथि नै प्रहार हुन सक्ने बताए ।

केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. मिनेन्द्रप्रसाद रिजाल, रामशरण महत, नविन्द्रराज जोशी, जीवन परियार, गगन थापा, किरण यादव लगायतले बोलेका थिए । उनीहरुमध्ये अधिकांसले तामाङ संघ र मगर संघ जस्ता संस्थालाई पार्टीको भातृ संस्था बनाउन नहुने सुझाव दिए । उनीहरुले जातको नाममा भातृ संस्था गठन गर्दै जाने हो भने यादव संघ पनि खोल्न पाउनु पर्ने माग किरण यादवले गरेकी थिइन् ।

केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले उपसभपाति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले समानान्तर गतिविधि गरेको भन्दै आपत्ति जनाएका थिए । उनले जिल्लाका सभापतिलाई वाईपास गरेर प्रतिष्ठानले कार्यक्रम गरेको आरोप लगाए । नविन्द्रराज जोशीले विदेशस्थित जनसम्पर्क समितिहरु खारेज गर्नु पर्ने माग गरे ।

नियमावलीमा आएका लेबी, अनुशासनको कारबाही र नियन्त्रणका प्रावधान कांग्रेसलाई नसुहाउने र अन्तर्राष्ट्रिय प्रावधानविपरीत भएको उनीहरूको भनाइ थियो । चार लाख ७० हजार क्रियाशील सदस्य रहेको कांग्रेसले पहिले सदस्य लिँदा र नवीकरण गर्दा एक सय रुपैयाँ तिर्नुपथ्र्यो ।

तर, संशोधित नियमावलीले नयाँ सदस्यताको पाँच सय र नवीकरण शुल्क एक सयबाट बढाएर तीन सय ६५ रुपैयाँ बनाएको छ । यसरी क्रियाशील सदस्यहरूलाई नै दिनको एक रुपैयाँ लेबीस्वरूप लिने व्यवस्था गरेपछि कांग्रेसमा यसको विरोध भएको हो ।

अधिकांशले लेबी शब्द नराख्न र रकम घटाउन माग गरेका छन् । नवीकरण शुल्क थोरै बढाए पनि लेबीका रूपमा लिन नहुने उनीहरूको भनाइ थियो । बैठकमा सभापति देउवा निकटका केन्द्रीय सदस्यहरु अजुृन जोशी, शंकर भण्डारी, किशोरसिंह राठौर र अहतर कमाल मुसलमानले भने लेवी उठाउनु पर्ने पार्टी नेतृत्वको बिरोध गर्नलाई कडा अनुशासनको कारबाहीको व्यवस्था हुनुपर्ने बताए ।

मान सिंह, डा. शेखर कोइराला, डा. मिनेन्द्रप्रसाद रिजाल, रामशरण महत, नविन्द्रराज जोशी, जीवन परियार, गगन थापा, किरण यादव लगायतले बोलेका थिए । उनीहरुमध्ये अधिकांसले तामाङ संघ र मगर संघ जस्ता संस्थालाई पार्टीको भातृ संस्था बनाउन नहुने सुझाव दिए । उनीहरुले जातको नाममा भातृ संस्था गठन गर्दै जाने हो भने यादव संघ पनि खोल्न पाउनु पर्ने माग किरण यादवले गरेकी थिइन् । केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले उपसभपाति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले समानान्तर गतिविधि गरेको भन्दै आपत्ति जनाएका थिए । उनले जिल्लाका सभापतिलाई वाईपास गरेर प्रतिष्ठानले कार्यक्रम गरेको आरोप लगाए । नविन्द्रराज जोशीले विदेशस्थित जनसम्पर्क समितिहरु खारेज गर्नु पर्ने माग गरे ।
नियमावलीमा आएका लेबी, अनुशासनको कारबाही र नियन्त्रणका प्रावधान कांग्रेसलाई नसुहाउने र अन्तर्राष्ट्रिय प्रावधानविपरीत भएको उनीहरूको भनाइ थियो । चार लाख ७० हजार क्रियाशील सदस्य रहेको कांग्रेसले पहिले सदस्य लिँदा र नवीकरण गर्दा एक सय रुपैयाँ तिर्नुपथ्र्यो । तर, संशोधित नियमावलीले नयाँ सदस्यताको पाँच सय र नवीकरण शुल्क एक सयबाट बढाएर तीन सय ६५ रुपैयाँ बनाएको छ । यसरी क्रियाशील सदस्यहरूलाई नै दिनको एक रुपैयाँ लेबीस्वरूप लिने व्यवस्था गरेपछि कांग्रेसमा यसको विरोध भएको हो ।
अधिकांशले लेबी शब्द नराख्न र रकम घटाउन माग गरेका छन् । नवीकरण शुल्क थोरै बढाए पनि लेबीका रूपमा लिन नहुने उनीहरूको भनाइ थियो । बैठकमा सभापति देउवा निकटका केन्द्रीय सदस्यहरु अजुृन जोशी, शंकर भण्डारी, किशोरसिंह राठौर र अहतर कमाल मुसलमानले भने लेवी उठाउनु पर्ने पार्टी नेतृत्वको बिरोध गर्नलाई कडा अनुशासनको कारबाहीको व्यवस्था हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०७६ असार ३०, १०: १६

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०७६ असार ३०, १०: १६

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०७६ असार ३०, १०: १६

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...