प्रचण्डकी पत्नी सीता दाहालको भेन्टिलेटरमा उपचार हुँदै | Naya Bikalpa
December 5, 2022, Monday

प्रचण्डकी पत्नी सीता दाहालको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

अक्सिजनको मात्रा घटेपछि दाहाललाई अस्पताल भर्ना गरिएको भनाइ छ । उनी पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित रहेकी छन् ।

यसअघि पनि उनलाई पटक–पटक देश तथा विदेशका अस्पतालमा उपचार गरिएको थियो । छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

सम्बन्धित समाचार

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ कार्तिक २१, ०९: ३३

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ कार्तिक २१, ०९: ३३

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...

सत्ता गठबन्धनले जनमत पार्टीको सहयोगमा बहुमतको सरकार बनाउने
सत्ता गठबन्धनले जनमत पार्टीको सहयोगमा बहुमतको सरकार बनाउने
  • २०७९ कार्तिक २१, ०९: ३३

काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सत्ता गठबन्धन दलका शीर्ष नेताले सत्ता गठबन्धनलाई...