तयारी अवस्थामा रहन सेनालाई चीनका राष्ट्रपति सी को निर्देशन – Naya Bikalpa
April 19, 2024, Friday

तयारी अवस्थामा रहन सेनालाई चीनका राष्ट्रपति सी को निर्देशन

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाका लागि हरदम तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

बढ्दो अस्थिरताको सामना गरिरहेको विश्वले शान्ति कायम गर्न चिनियाँ जनमुक्ति सेनाको भूमिका महत्वपूर्ण हुने संकेत गर्दै आफ्नो क्षमता अभिवृद्धि गर्न तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न आदेश दिएका हुन् । ६९ वर्षीय सी तेस्रो पाँच वर्षे कार्यकालका लागि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव र केन्द्रीय सैन्य आयोग (सीएमसी) को प्रमुख र पीपुल्स लिबरेसन आर्मी (पीएलए) को समग्र उच्च कमाण्डरका रूपमा पुनः नियुक्त भएका छन् ।

पार्टीको प्रमुख, सेना र राष्ट्रपतिको तीन शक्तिशाली पदहरू धारण गर्ने पार्टीका संस्थापक माओत्सेतुङपछि सी एक मात्र नेता हुन् । जसले १० वर्षे कार्यकाल पूरा गरेपछि पनि सत्तामा पुन गएका छन् । उनका सबै पूर्ववर्तीहरूले अवकाश लिएका थिए ।

मंगलबार सीले सीपीसी केन्द्रीय समिति र सीएमसीको रणनीतिक कमाण्डलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्ने सीएमसीको संयुक्त परिचालन कमाण्ड सेन्टरको निरीक्षणसमेत गरेका छन् । कमाण्ड सेन्टरमा पुगेपछि चिनियाँ नेतालाई ब्रीफिङ दिइएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७९ कार्तिक २४, ११: ००

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...

कोशी प्रदेशमा संविधान विपरित संकल्प प्रस्ताव
कोशी प्रदेशमा संविधान विपरित संकल्प प्रस्ताव
  • २०७९ कार्तिक २४, ११: ००

  विराटनगर। कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई संविधान विपरित विश्वासको मत लिन निर्देशन दिनेलगायतका...

एसीसी प्रिमियर कपः नेपाल हारेसँगै सेमिफाइनलबाटै बाहिरियो
एसीसी प्रिमियर कपः नेपाल हारेसँगै सेमिफाइनलबाटै बाहिरियो
  • २०७९ कार्तिक २४, ११: ००

काठमाडौं । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५...