मनिषा कोइरालाले आज वसन्तपुर डबलीमा सम्बाेधन गर्दै – Naya Bikalpa
June 1, 2023, Thursday

मनिषा कोइरालाले आज वसन्तपुर डबलीमा सम्बाेधन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दैछ ।

दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

उक्त सभामा अभिनेतृ मनिषा कोइरालाले सम्बोधन गर्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

कोइरालाले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको चुनावी अभियानमा सक्रिय हुन सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी थिइन् ।

मंसिर ४ हुन लागेको निर्वाचनमा राप्रपाले प्रतिनिधिसभातर्फ १३ र प्रदेश सभाका लागि ३० उम्मेदवार उठाएको छ । आज कोइरालाले डबली तताउने श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०७९ कार्तिक २५, १०: ००

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
  • २०७९ कार्तिक २५, १०: ००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...

राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
  • २०७९ कार्तिक २५, १०: ००

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...