झापा । क्षेत्र नं ५ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका खगेन्द्र अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि ओली र अधिकारीसहित २५ जना चुनावी मैदानमा होमिएका छन् । २०७४ सालमा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै प्रतिस्पर्धा भएको थियो ।
उ बेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । अधिकारीलाई २८ हजार ८ सय ४२ मतान्तरले पराजित गरेका थिए ।
गत निर्वाचनमा कांग्रेस एक्लै थियो भने यो पटक उसलाई माओवादीलगायत अन्य दलको साथ छ । ओलीले २०७४ सालमा ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...