विश्वकप प्रतक्ष्य प्रसारण हेर्न शुल्क तिर्नुपर्ने – Naya Bikalpa
April 18, 2024, Thursday

विश्वकप प्रतक्ष्य प्रसारण हेर्न शुल्क तिर्नुपर्ने

नयाँ विकल्प,

काठमाडौं – सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुलेको छ ।

अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । उनले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग अतिरिक्त शुल्क लिन नमिल्ने जिकिर गरेका थिए ।

सम्बन्धित समाचार

निजी कम्पनीले कब्जा गरेको जग्गामा प्रशासन गर्यो सिल
निजी कम्पनीले कब्जा गरेको जग्गामा प्रशासन गर्यो सिल
  • २०७९ कार्तिक ३०, १८: ४४

काठमाडौं । लिजमा लगेर निजी कम्पनीले भोगचलन गरिरहेको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । उपप्रधान...

मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
  • २०७९ कार्तिक ३०, १८: ४४

  कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेशका पाँचजना प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
  • २०७९ कार्तिक ३०, १८: ४४

कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्। सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक...