नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हरायो – Naya Bikalpa
March 29, 2024, Friday

नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हरायो

नयाँ विकल्प,

काठमाडौं – दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ । ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १–० को जितको नतिजा निकालेको हो ।

नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् । अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए ।

पछिल्लो समय नेपालका गोल स्कोररको रुपमा देखा पर्दै आएका अञ्जनले पाकिस्तान विरुद्ध गरेको गोल नेपालका लागि ११ औं गोल हो ।

अञ्जन नेपालका लागि १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र टाढा छन् ।

नेपाली समर्थकले खचाखच भरिएको रंगशलामा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् । ३८ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । उनको प्रहार पाकिस्तानी डिफेण्डरले क्लियर गरे ।
दशरथ रंगशालामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको ५७ मिनेटमा सेसेहाङ आङदम्बेको स्थानमा मैदान प्रवेश गर्दै उनले नेपालका लागि डेब्यु गरेका हुन् ।उनी यही मैत्रीपूर्ण खेलका लागि पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।

 

सम्बन्धित समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
  • २०७९ कार्तिक ३०, २१: ३०

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको...

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
  • २०७९ कार्तिक ३०, २१: ३०

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत...

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७९ कार्तिक ३०, २१: ३०

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...