चर्चित युवा नेता थापाले डा. भट्टराईलाई ठूलो मतान्तरले पछारे – Naya Bikalpa
February 21, 2024, Wednesday

चर्चित युवा नेता थापाले डा. भट्टराईलाई ठूलो मतान्तरले पछारे

काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेता थापाले डा. राजन भट्टराइृलाई ठूलो मतान्तरले पछारेका छन् । काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले बिजय हासिल गरेका हुन् । थापाले २१ हजार ३ सय २ मत ल्याएर बिजयी भएका हुन् । थापाले काठमाडौं ४ बाट चौथो पटक बिजयी प्राप्त गरेका छन् ।

थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् । थापाको भन्दा भट्टराईको ७ हजार ४ सय ४७ मत कम हो । उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ३ मत खसेको थियो ।

थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए ।

राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए ।

२०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष बन्दै २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हाले थापा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका ०७८ सालमा कांग्रेस महामन्त्रीमा निर्वाचित भएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेका थिए । त्यसपछि लगातार काठमाडौं ४ मा प्रत्यक्ष चुनाव जित्दै आएका छन् । यो सहित राजन भट्टराईलाई थापाले २ पटक पराजित गरेका छन् ।

सम्बन्धित समाचार

गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
  • २०७९ मंसिर ६, १२: २२

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले ‘माफिया, बिचौलिया, कालोधनका धनपतिले सत्तामा बलियो पकड जमाएका छन्  । केसीले महासमिति बैठकमा...

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
  • २०७९ मंसिर ६, १२: २२

चितवन। बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत...

कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
  • २०७९ मंसिर ६, १२: २२

सुर्खेत । कर्णालीमा भिटामिनयुक्त चामल बिक्रि गरिने भएको छ । पौष्टिक तत्वको कमी हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा...