एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि | Naya Bikalpa
December 5, 2022, Monday

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ ।

अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसकेका छन् ।

जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् ।

समानुपातिकतर्फ एमाले अगाडि

समानुपातिकतर्फको मगणनामा एमाले अगाडि छ । हालसम्म एमालेले ७६ हजार तीन सय २३, कांग्रेसले ६५ हजार सात सय ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार तीन सय ३७, माओवादी केन्द्रले २९ हजार ६ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले पाँच हजार आठ सय ३३, जनमत पार्टीले पाँच हजार चार सय ५५, नेपाल मजदुर किसान पार्टीले चार हजार चार सय ३८, नागरिक उन्मुक्ति पार्टीले तीन हजार पाँच सय ३८, नेकपा (एकीकृत समाजवादी) ले तीन हजार ४६० मत प्राप्त गरेका छन् ।रासस

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ मंसिर ६, १३: २७

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ मंसिर ६, १३: २७

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ मंसिर ६, १३: २७

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...