कांग्रेस संसदीय दल निर्वाचनमा लाग्छु : थापा | Naya Bikalpa
December 5, 2022, Monday

कांग्रेस संसदीय दल निर्वाचनमा लाग्छु : थापा

काठमाडौं । काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित हुनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताएका छन् । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आक्रोश देखाएको मात्र नभइ नयाँ नेतृत्वको अपेक्षासमेत गरेको बताए ।

“मतदाताले स्थिर सरकार मात्र खोजेको होइन, नेपाल हाक्ने नयाँ चालक पनि चाहेको छ । त्यो चालक नेपाली कांग्रेसले दिनसक्छ । कांग्रेसले नै अन्य पार्टीलाई एकताबद्ध बनाएर नयाँ नेतृत्व लिन तयार छ” महामन्त्री थापाले भने, “आम जनतालाई पनि विस्वस्त तुल्याउन चाहन्छु, निर्वाचन अभियान सकिएपछि अब म आजैदेखि कांग्रेस संसदीय दलको चुनावका लागि तयारीमा जुट्छु ।”अहिले गठबन्धन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले चुनावपछि पनि सहकार्य जारी राख्नेमा आफू आशावादी रहेपनि चुनावी अन्तिम नतिजाले त्यसको निक्र्योल गर्ने थापाको प्रतिक्रिया थियो ।

त्यसैगरी नागरिकका अपेक्षा पूरा गर्न नसक्दा अहिले मतदाताले आक्रोश पोखिरहेको पनि उनको भनाइ थियो । “हामीले गरेको वाचा पूरा हुन सकेका छैनन् । हामी पाँच वर्षका लागि निर्वाचित भए पनि व्यवहारिक हिसाबले पाउने समय भनेको पाँच महिना मात्रै हो,” थापाले भने, “म मतदाताको ऋणी छु । जुन विश्वासका साथ मलाई मतदान गराउनुभएको छ, त्यसमा ठेस लाग्ने र आघात पुग्ने काम गर्नेछैन । दिनरातको मेहनतबाट आजभन्दा भोलि राम्रो हुने अवस्था बनाउनुपर्ने छ ।”

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ मंसिर ६, १५: ३२

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ मंसिर ६, १५: ३२

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ मंसिर ६, १५: ३२

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...