
गुलरिया । बर्दियाको निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालबीर चौधरी बिजयी भएका छन् ।
विजयी भएका चौधरी २०७२ साल भदौमा भएको टिकापुर काण्डका मुख्य योजनाकार भएको अभियोगमा अदालततको फैसलापछि हाल जेल जीवन बिताई रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बुवा हुन् ।
बर्दिया –२ बाट चौधरीले उम्मेदवारी दिए पनि निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्न सक्ने आशंका गरेर आफ्नै पीतालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । रेशमको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि लालबीरलाई सो पार्टीले मत मागेको थियो ।
बर्दिया –२ बाट सत्तारुढ गठबन्धनले नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई उम्मेदवार बनाएको थियो । चौधरीले २६ हजार ५२० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार ३८४ मत प्राप्त गरे । बिजयी भएका चौधरीले प्रतिष्पर्धीभन्दा १३६ मत बढी ल्याएका थिए।
बर्दिया २ बाट प्रतिष्पर्धामा उत्रिएका नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे । क्षेत्र नम्बर–२ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार १९९ मत खसेको थियोे । पाँच हजार ३८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...