स्वतन्त्र उम्मेदवारी दिएका रेशम चौधरीका बुवा लालबीर बिजयी – Naya Bikalpa
March 29, 2024, Friday

स्वतन्त्र उम्मेदवारी दिएका रेशम चौधरीका बुवा लालबीर बिजयी

गुलरिया । बर्दियाको निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालबीर चौधरी बिजयी भएका छन् ।

विजयी भएका चौधरी २०७२ साल भदौमा भएको टिकापुर काण्डका मुख्य योजनाकार भएको अभियोगमा अदालततको फैसलापछि हाल जेल जीवन बिताई रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बुवा हुन् ।

बर्दिया –२ बाट चौधरीले उम्मेदवारी दिए पनि निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्न सक्ने आशंका गरेर आफ्नै पीतालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । रेशमको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि लालबीरलाई सो पार्टीले मत मागेको थियो ।

बर्दिया –२ बाट सत्तारुढ गठबन्धनले नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई उम्मेदवार बनाएको थियो । चौधरीले २६ हजार ५२० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार ३८४ मत प्राप्त गरे । बिजयी भएका चौधरीले प्रतिष्पर्धीभन्दा १३६ मत बढी ल्याएका थिए।

बर्दिया २ बाट प्रतिष्पर्धामा उत्रिएका नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे । क्षेत्र नम्बर–२ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार १९९ मत खसेको थियोे । पाँच हजार ३८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
  • २०७९ मंसिर ७, १६: ४१

धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टीका सहमहान्त्री प्रतिनिधि सभा सदस्य जिवन परियार लगायत केन्द्रिय नेताहरुसंग बिहीबार जिल्ला पार्टी कार्यालय धनकुटामा...

प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
  • २०७९ मंसिर ७, १६: ४१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव...

महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
  • २०७९ मंसिर ७, १६: ४१

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित...