लमजुङमा पृथ्वीसुब्बा निर्वाचित – Naya Bikalpa
April 25, 2024, Thursday

लमजुङमा पृथ्वीसुब्बा निर्वाचित

लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता तथा महासचिव देव गुरुङलाई भारी मतान्तरले पराजित गरेका हुन् ।

पृथ्वीसुब्बाले ३४ हजार ९ सय ६९ मत ल्याउदा देव गुरुङले ३१ हजार ७ सय ८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १ सय ९२ मत खसेको थियो । तीमध्ये २ हजार ३ सय ८४ मत बदर भएको छ ।

निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका देव गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित भएका थिए ।

प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन् । कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १९२ मत खसेको थियो । २ हजार ३८४ मत बदर भएको छ ।

सम्बन्धित समाचार

कतारका राजाको भ्रमण ऐतिहासिकः कतारका लागि नेपाली राजदूत डा. ढकाल
कतारका राजाको भ्रमण ऐतिहासिकः कतारका लागि नेपाली राजदूत डा. ढकाल
  • २०७९ मंसिर ८, ०६: ५२

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल–थानीको नेपालको राजकीय भ्रमण दुई देशबीचको कुटनैतिक सम्बन्ध विस्तारका लागि कोषेढुंगे...

खड्कालाई विजयी गराउन जनसम्पर्क समिति मकाउले गर्यो आव्हान
खड्कालाई विजयी गराउन जनसम्पर्क समिति मकाउले गर्यो आव्हान
  • २०७९ मंसिर ८, ०६: ५२

इलाम । यही शनिबार इलाम क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनेका डम्वर खड्काको...

सर्वोच्चको आदेशअनुसार काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
सर्वोच्चको आदेशअनुसार काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
  • २०७९ मंसिर ८, ०६: ५२

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ । संघीय संसद सचिवालयले बुधवार एक सूचना...