चितवन २ मा भारी मतान्तरले रवि निर्वाचित, चुनाव जितेपछि मतदातालाई गरे यस्तो आग्रह | Naya Bikalpa
December 5, 2022, Monday

चितवन २ मा भारी मतान्तरले रवि निर्वाचित, चुनाव जितेपछि मतदातालाई गरे यस्तो आग्रह

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए । चुनाव जितेपछि राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजय र्‍याली नगर्ने बताएका छन् । उनले आफु जनताबाट निर्वाचित भएर आजकै दिन देखि अर्को परिक्षामा सहभागी भएको र त्यसको नतिजा अर्को ५ वर्ष पछि आउने भन्दै अहिले आफुलाई अविर माला नलगाईदिन आग्रह गरेका छन् ।

उनले आफुले कँही कतै विजय र्‍याली नगर्ने तर केही स्थानमा धन्यबाद सभा गर्ने बताएका छन् । त्यस्तो सभामा आउँदा आफुलाई मत दिएका मतदातालाई आफना समस्याहरु लेखेर आउन आग्रह गरेका छन् । धन्यवाद सभामा दुइृवटा बाकस राखिने र त्यसमध्ये एउटामा समस्या र अर्कोमा सुझाव आफुलाई केही भए लेखेर ल्याउन लामिछानेले आग्रह गरेका छन् । उनले सामाजिक सन्जलमार्फत त्यस्तो आग्रह चितवनका मतदातासँग गरेका हुन् ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ मंसिर ८, १४: ३६

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ मंसिर ८, १४: ३६

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ मंसिर ८, १४: ३६

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...