सिन्धुली निर्वाचन क्षेत्र–१ मा कांग्रेसका घिमिरे विजयी – Naya Bikalpa
April 16, 2024, Tuesday

सिन्धुली निर्वाचन क्षेत्र–१ मा कांग्रेसका घिमिरे विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मतमात्र पाएका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । विसं २०७४ मा भएको निर्वाचनमा सिन्धुली क्षेत्र–१ को (२) मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गरेका थिए । दुवै प्रतिस्पर्धी एकै गाउँपालिकावासी हुन् । कटुवाल तीनपाटन गाउँपालिका वडा नं ११ र घिमिरे वडा नं १ को हुन् ।

विसं २०२२ भदौ २५ मा जन्मिएका घिमिरे नेपाली कांगे्रसको केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिको संयोजक पनि भएका थिए । विसं २०३६ देखि राजनीतिमा क्रियाशील घिमिरेले इतिहासमा स्नाकोत्तर गरेका छन् ।

सम्बन्धित समाचार

गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
  • २०७९ मंसिर ८, १४: ५५

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले बुटवलको सुप्रिम सहकारीबाट पैसा नलिएको स्पष्टीकरण दिएका छन्। लामिछाने शक्तिमा रहेका कारण उन्मुक्ति...

राष्ट्रियसभा अध्यक्षको स्पष्टिकरण – प्रचण्ड र मैले एकै दिन राजनीति शुरु गरेका हौं
राष्ट्रियसभा अध्यक्षको स्पष्टिकरण – प्रचण्ड र मैले एकै दिन राजनीति शुरु गरेका हौं
  • २०७९ मंसिर ८, १४: ५५

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आफू र नेकपा माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै दिन...

काठमाडौं उपत्यकाका १४२ ड्राइभिङ सेन्टरमा प्रहरीको छापा
काठमाडौं उपत्यकाका १४२ ड्राइभिङ सेन्टरमा प्रहरीको छापा
  • २०७९ मंसिर ८, १४: ५५

काठमाडौं। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं उपत्यकाका एक सय ४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको छ। कार्यालयले छापा...