
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई पराजित गर्दै राप्रपाका दीपकबहादुर सिंह विजयी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
मकवानपुर क्षेत्र नम्वर १ बाट उम्मेदवार भएक सिंहले कांग्रेसकी उपाध्यायलाई २ हजार ३९३ मतान्तरमा विजयी भएका हुन् । कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार उपाध्यायले २५ हजार ४२३ मत प्राप्त गरिन् ।
नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर उम्मेदवार भएका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपाले मकवानपुरमा २०५१ सालपछि पहिलो पटक विजय हासिल गरेको हो । २०५१ को आमनिर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण प्रसाद दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...