देउवा ओली र प्रचण्डबीचको फोन र्वाता – Naya Bikalpa
March 28, 2024, Thursday

देउवा ओली र प्रचण्डबीचको फोन र्वाता

नयाँ विकल्प,

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

ओली र प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिएका थिए । प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा पनि गरेका थिए । ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै ध्यानपूर्वक सोच्नुपर्ने बताएका थिए ।

यस्तै प्रधानमन्त्री देउवा र प्रचण्डवीच समेत बधाई साटासाट भएको प्रचण्डको सचिवालयले जनाएको छ । चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्ड र देउवाबीच कुराकानी भएको बताएको छ ।

 

 

 

सम्बन्धित समाचार

उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
  • २०७९ मंसिर ८, १८: २८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी...

चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
  • २०७९ मंसिर ८, १८: २८

काठमाडौं । बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो...

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ मंसिर ८, १८: २८

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...