मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित | Naya Bikalpa
December 5, 2022, Monday

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

नयाँ विकल्प,

काठमाडौं – सत्ता गठबन्धन र एमाले जसपा गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । एमालेले मण्डललाई टिकट नदिएर जसपासँग गठबन्धन गरेपछि उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।

मण्डल २१ हजार ८ सय २० मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवलाई ४ हजार ३३४ मतान्तरले उनले पराजित गरेका हुन् । पराजित राजकुमार यादवले १७ हजार ४८६ मत ल्याएका छन् ।

यस्तै सत्ता गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ३ सय ९० मत ल्याए ।

 

 

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ मंसिर ८, १९: २५

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ मंसिर ८, १९: २५

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ मंसिर ८, १९: २५

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...