समानुपातिकतर्फ एक करोड मतगणना – Naya Bikalpa
March 29, 2024, Friday

समानुपातिकतर्फ एक करोड मतगणना


काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार एक सय ७१ मतसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले ११ लाख ४५ हजार चार सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७१ हजार एक सय ७५, जनता समाजवादी पार्टी नेपालले तीन लाख ९६ हजार आठ सय ३९ र जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (सङ्ख्या) निर्धारण गर्नेछ । दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने स्याङ्जा र बाजुराको मतदानमा भएको विवादबारे चाँडै निकास दिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।रासस

सम्बन्धित समाचार

देउवाद्धारा आदिवासी जनजाति विभागमा १० सदस्य मनोनित
देउवाद्धारा आदिवासी जनजाति विभागमा १० सदस्य मनोनित
  • २०७९ मंसिर १४, १५: ३८

  काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य थपिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको...

धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
  • २०७९ मंसिर १४, १५: ३८

धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टीका सहमहान्त्री प्रतिनिधि सभा सदस्य जिवन परियार लगायत केन्द्रिय नेताहरुसंग बिहीबार जिल्ला पार्टी कार्यालय धनकुटामा...

प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
  • २०७९ मंसिर १४, १५: ३८

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव...