धनराजले लिए फेरी अग्रता, पद्मा पछिपछि – Naya Bikalpa
March 28, 2024, Thursday

धनराजले लिए फेरी अग्रता, पद्मा पछिपछि

स्याङ्जा । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्दै गुरुङ अघि लागेका हुन् । यसअघि अर्यालले सुरुवाती अग्रता लिएकी थिइन् ।

अहिले कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गर्दा अर्यालले तीन हजार दुई सय ४७ मत पाएकी छन् ।

गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए ।

क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन् । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले बताए ।

दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ ।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ मंसिर १५, ०९: २४

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७९ मंसिर १५, ०९: २४

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७९ मंसिर १५, ०९: २४

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...