धेरै स्थानमा विजयी नेपाली कांग्रेस समानुपातिकातर्फ दोस्रो स्थानमा – Naya Bikalpa
April 20, 2024, Saturday

धेरै स्थानमा विजयी नेपाली कांग्रेस समानुपातिकातर्फ दोस्रो स्थानमा

 


नयाँ विकल्प,

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा रहको छ । एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा एमाले अघि देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा माओवादी केन्द्र तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८४ हजार नौ सय ६९, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार सात सय ५० र जनमत पार्टी तीन लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय पाँच मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार पाँच सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार छब्बीस मत प्राप्त गरेको छ ।

 

सम्बन्धित समाचार

यी प्रदेशमा वर्षा र हिमपात हुने
यी प्रदेशमा वर्षा र हिमपात हुने
  • २०७९ मंसिर १५, १८: २०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

विश्वासको मत लिनै गठबन्धनलाई सकस
विश्वासको मत लिनै गठबन्धनलाई सकस
  • २०७९ मंसिर १५, १८: २०

पोखरा । विश्वासको मत पाएको घोषणा गराउने मुख्यमन्त्री खगराज अधिकारीको प्रयास असफल भएको छ । असफल भएलगतै १० वैशाखमा अदालतले...

काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
  • २०७९ मंसिर १५, १८: २०

काठमाडौं । गत चैत २७ गते राप्रपाले काठमाडौं गरेको जनप्रदर्शनका क्रममा विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको...