बाजुरा र स्याङ्जामा कांग्रेसको र दोलखामा माओवादीको अग्रता कायमै – Naya Bikalpa
March 29, 2024, Friday

बाजुरा र स्याङ्जामा कांग्रेसको र दोलखामा माओवादीको अग्रता कायमै

काठमाडौं । मतगणना हुदै गर्दा बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुआतीदेखि नै अग्रता लिएका छन्। उनले ११ हजार ७६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले आठ हजार ८५२ मत पाएका छन्।

तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जंगिलाल गिरीले २२ मत पाएका छन्।त्यस्तै, स्याङ्जा –२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले पनि अग्रता बढाउँदै लगेका छन्। उनले २२ हजार ४८० मत पाएका छन्।

प्रतिस्पर्धी एमाले उम्मेदवार पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले सात हजार २३८ मत पाएका छन्।

दोखलामा भने नेकपा माओवादी केन्द्र र एमालेका उम्मेदवार बिच तीव्र प्रतिस्पर्धा भइरहेको छ। माओवादी उम्मेदवार गंगा कार्कीले सात हजार ९९५ मत पाएका छन् भने एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले सात हजार २९५ मत पाएका छन्।

यो क्षेत्रमा अन्य पार्टी र स्वतन्त्र उम्मेदवार भने धेरै पछाडि छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १३५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ३५ मत पाएका छन्।

सम्बन्धित समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
  • २०७९ मंसिर १७, ०८: २४

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको...

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
  • २०७९ मंसिर १७, ०८: २४

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत...

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७९ मंसिर १७, ०८: २४

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...