धनुषा हत्या प्रकरणमा दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा – Naya Bikalpa
April 19, 2024, Friday

धनुषा हत्या प्रकरणमा दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा

धनुषा । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।

गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

सोही घटनामा अन्य तीन जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।

सम्बन्धित समाचार

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा
बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा
  • २०७९ मंसिर १७, ०९: ००

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी...

बृद्धको जलेर मृत्यु
बृद्धको जलेर मृत्यु
  • २०७९ मंसिर १७, ०९: ००

दाङ । लमही नगरपालिका ९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९ तरुलिया...

सम्झौता विपरीत भोगचलन गरेको लैनचौर बैंक्वेट सिल
सम्झौता विपरीत भोगचलन गरेको लैनचौर बैंक्वेट सिल
  • २०७९ मंसिर १७, ०९: ००

काठमाडौं । लैनचौरस्थित खड्का ल्यान्ड डेभलपेमन्ट प्रालिले सम्झौता विपरीत भोगचलन गरेको लैनचौर बैंक्वेट आज साँझबाट सिल गर्ने निर्णय गरिएको छ...