काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्यारउँदै आईरहेको छ ।
सोही क्रममा, आज United Nations Mission in South Sudan (UNMISS), दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण (शान्ति सेना) नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा Ethiopian Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
साथै, उक्त मिशनमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरु सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा शनिबार Airlines मार्फत स्वदेश आगमन भएको सेनाले जनाएको छ ।
काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...