काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा युवा नेता बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
बुधबारबाट सुरु भएको मतगणनाको आज आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७ सय ८९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार २ सय ४८ मत प्राप्त गरेका छन् ।
राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।
प्रदेश सभातर्फ क्षेत्र नं. १ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...