नेपाली कांग्रेसको ५७ सदस्यमा जित – Naya Bikalpa
March 28, 2024, Thursday

नेपाली कांग्रेसको ५७ सदस्यमा जित

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट ५७ जना प्रतिनिधिसभा सदस्य जितेको छ । १६५ निर्वाचन मध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी गएको कांग्रेसले ३४ सिट भने गुमाएको छ । कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालाई ७४ सिट छाडेको थियो ।

कांग्रेसबाट प्रदेश १ मा १९, मधेसमा १५, बामतीमा १८, गण्डकीमा १२, लुम्बिनीमा १४, कर्णालीमा ४ र सुदूरपश्चिममा ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । प्रदेश १ मा ९, मधेसमा ७, बागमतीमा १३, गण्डकीमा १०, लुम्बिनी ६, कर्णालीमा ४ र सुदूरपश्चिममा ८ जना निर्वाचित भएका छन् । महामन्त्री विश्वप्रकाश शर्माको गृहप्रदेश १ मा कांग्रेसले प्रदेश १ मा ४७ प्रतिशत मात्र जित्यो ।

यस्तै नेता विमलेन्द्र निधिको गृहप्रदेश मधेसमा ४६ प्रतिशत जित्दा महामन्त्री गगन थापाको गृह प्रदेशमा बागमतीमा ७२ प्रतिशत जित निकालेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलेको गृहप्रदेश गण्डकीमा ८३ प्रतिशत जित्दा गृहमन्त्री बालकृष्ण खाणको गृहप्रदेश लुम्बिनीमा कांग्रेस ४२ प्रतिशतमा सीमित भयो ।

उपसभापति पूर्णबहादुर खड्काको गृह प्रदेश कर्णालीमा सतप्रतिशत नतिजा हात पारेको छ भने सभापति शेरबहादुर देउवाको गृह सुदूरपश्चिममा ८८ प्रतिशत जित निकालेको छ ।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ मंसिर १८, २१: ०४

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७९ मंसिर १८, २१: ०४

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७९ मंसिर १८, २१: ०४

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...