दाङ । बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको आवासगृहमा तोडफोड भएको छ । केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययनरत विद्यार्थीले आइतबार उपकुलपति यादवप्रसाद लामिछानेको आवासमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट आवासगृहको सिसाको झ्याल–ढोका फुटेको र गाडीमा क्षति भएको प्रहरीले जनाएको छ । बिएएमएसका लागि ५१ जना प्राध्यापक आवश्यक पर्ने भए पनि अहिले सातजना मात्रै रहेकाले आफ्नो पढाइ प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
सीमित प्राध्यापकका कारण नियमित पढाइ नभएको र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर खस्केको भन्दै सुधार गर्न माग गरेको विद्यार्थीको भनाइ छ । यहाँ अहिले ११ ब्याजसम्मको पढाइ भइरहेको छ ।
लगानी धेरै तर, पढाइ एकदम कमजोर भएको विद्यार्थी अभयप्रताप चौहानले बताए । जसका कारण आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन् । विद्यार्थीहरूले केन्द्रीय आयुर्वेद विद्यापीठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।
यहाँ एउटा प्राध्यापकले २५–३० वटा पिरियड पढाउनुपर्ने अवस्था देखिएको छ ।विद्यार्थीले प्रयोगात्मकका लागि ओपिडीको पनि माग गरेका छन् । हाल ओपिडीका लागि कहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नुपर्ने अवस्था छ
त कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी जानुपर्ने बाध्यता छ । तत्काल यस्तो समस्या समाधान नगरे आन्दोलनलाई जारी राख्ने विद्यार्थीले बताएका छन् । उपकुलपति लामिछानेले यो समस्या समाधान गर्न प्रयास गरिरहेको बताएका छन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...
काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...
काठमाडौं : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने...