दाङ । बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको आवासगृहमा तोडफोड भएको छ । केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययनरत विद्यार्थीले आइतबार उपकुलपति यादवप्रसाद लामिछानेको आवासमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट आवासगृहको सिसाको झ्याल–ढोका फुटेको र गाडीमा क्षति भएको प्रहरीले जनाएको छ । बिएएमएसका लागि ५१ जना प्राध्यापक आवश्यक पर्ने भए पनि अहिले सातजना मात्रै रहेकाले आफ्नो पढाइ प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
सीमित प्राध्यापकका कारण नियमित पढाइ नभएको र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर खस्केको भन्दै सुधार गर्न माग गरेको विद्यार्थीको भनाइ छ । यहाँ अहिले ११ ब्याजसम्मको पढाइ भइरहेको छ ।
लगानी धेरै तर, पढाइ एकदम कमजोर भएको विद्यार्थी अभयप्रताप चौहानले बताए । जसका कारण आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन् । विद्यार्थीहरूले केन्द्रीय आयुर्वेद विद्यापीठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।
यहाँ एउटा प्राध्यापकले २५–३० वटा पिरियड पढाउनुपर्ने अवस्था देखिएको छ ।विद्यार्थीले प्रयोगात्मकका लागि ओपिडीको पनि माग गरेका छन् । हाल ओपिडीका लागि कहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नुपर्ने अवस्था छ
त कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी जानुपर्ने बाध्यता छ । तत्काल यस्तो समस्या समाधान नगरे आन्दोलनलाई जारी राख्ने विद्यार्थीले बताएका छन् । उपकुलपति लामिछानेले यो समस्या समाधान गर्न प्रयास गरिरहेको बताएका छन् ।
काठमाडौं : सबै संघीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गर्नुपर्ने भएको...
झापा : लम्पी स्किन रोगको संक्रमणबाट एक वर्षभित्र झापामा १० हजारभन्दा बढी गाईगोरु संक्रमित भएका छन् । केही महिनायता संक्रमित...
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट विस्थापित करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी...