सत्तागठबन्धनको पहिलो बैठक आज बस्दै – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

सत्तागठबन्धनको पहिलो बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ । चुनावी समीक्षा र नयाँ सरकार निर्माण तथा पावर सेयरिङबारे छलफल हुने स्रोतको भनाइ छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने तयारी गठबन्धन दलहरूले गरिरहेका छन् । बैठक दिउसो ३ बजेका लागि तय भएको छ । माओवादी र एकीकृत समाजवादीले चुनावी नतिजा अपेक्षाकृत नभए पनि गठबन्धन सफल भएको प्रारम्भिक समीक्षा गरेका छन् ।

उनीहरूले हालको गठबन्धनलाई नै पहिलो विकल्पका रूपमा प्राथमिकता दिने निर्णय गरेका छन् । कांग्रेस र जनमोर्चाले चुनावी समीक्षा गर्न बाँकी छ । चुनावी समीक्षा, आगामी रणनीतिलगायतका बारे बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

गठबन्धनको बैठकमा धेरै कुराको छलफल हुने माओवादीका महासचिव देव गुरुङले बताए । पार्टीका सीमा र कमी–कमजोरीलाई आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने सबैको धारणा रहेको उनले बताए ।

सम्बन्धित समाचार

सबै संघीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य
सबै संघीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य
  • २०७९ मंसिर १९, ०७: ३०

काठमाडौं : सबै संघीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गर्नुपर्ने भएको...

लम्पी स्किनबाट झापामा १० हजार पशु संक्रमित
लम्पी स्किनबाट झापामा १० हजार पशु संक्रमित
  • २०७९ मंसिर १९, ०७: ३०

झापा : लम्पी स्किन रोगको संक्रमणबाट एक वर्षभित्र झापामा १० हजारभन्दा बढी गाईगोरु संक्रमित भएका छन् । केही महिनायता संक्रमित...

रसुवा बाढी : विस्थापित ९ सय जना सुरक्षित स्थानमा
रसुवा बाढी : विस्थापित ९ सय जना सुरक्षित स्थानमा
  • २०७९ मंसिर १९, ०७: ३०

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट विस्थापित करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी...