दोलखामा पराजयपछि एमाले जिल्ला सचिव हिरा ठोकरद्धारा राजीनामा – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

दोलखामा पराजयपछि एमाले जिल्ला सचिव हिरा ठोकरद्धारा राजीनामा


काठमाडौं । पार्टीले दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि नेकपा एमालेका जिल्ला कमिटी सचिव हिराकुमार तामाङ (ठोकर) ले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटीको सचिवबाट राजीनामा घोषणा गर्दछु ।

तामाङ मेलुङ गाउँपालिकाका अध्यक्ष पनि हुन् । दोलखाको प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटी पराजित भएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले हराए ।  प्रदेशसभा–१ मा नेपाली कांग्रेका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित भएका छन् भने प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०७९ मंसिर १९, ११: ३८

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०७९ मंसिर १९, ११: ३८

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०७९ मंसिर १९, ११: ३८

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...