दोलखामा पराजयपछि एमाले जिल्ला सचिव हिरा ठोकरद्धारा राजीनामा – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

दोलखामा पराजयपछि एमाले जिल्ला सचिव हिरा ठोकरद्धारा राजीनामा


काठमाडौं । पार्टीले दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि नेकपा एमालेका जिल्ला कमिटी सचिव हिराकुमार तामाङ (ठोकर) ले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटीको सचिवबाट राजीनामा घोषणा गर्दछु ।

तामाङ मेलुङ गाउँपालिकाका अध्यक्ष पनि हुन् । दोलखाको प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटी पराजित भएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले हराए ।  प्रदेशसभा–१ मा नेपाली कांग्रेका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित भएका छन् भने प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

आइतबारसम्म मतपत्र छपाइ सकिने
आइतबारसम्म मतपत्र छपाइ सकिने
  • २०७९ मंसिर १९, ११: ३८

भक्तपुर : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०७९ मंसिर १९, ११: ३८

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०७९ मंसिर १९, ११: ३८

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...