काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन् ।
कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३१८ रहेको छ । क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाए पनि जित्न सकेनन् । उनलाई बैतेश्वर र तामाकोशीको भार घटाएर थप मत प्राप्त गर्न सकस भएको हो ।
यहाँ ८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो । ३४७९ मत बदर भएको थियो।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...