काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा रोक लगाएको हो ।
दिल्लीमा हरेक वर्ष जाडो याममा वायु प्रदुषण हुँदै आएको छ । सवारी साधनले उत्सर्जन गर्ने धुँवा र खेतमा पराल जलाउँदा पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन् ।
केन्द्रीय प्रदुषण मापन बोर्डले वायुको गुणस्तर निकै कमजोर रहेको भन्दै निर्माण सम्बन्धी काममा रोक लगाउने निर्णय गरेको हो ।
वायु प्रदुषणको सूचांक तीन सयदेखि चार सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा पुग्नु हो भन्दै यसबाट पर्न सक्ने असरका लागि भारत सरकारले क्षमा याचना पनि गरेको छ ।
सरकारले डिजलबाट चल्ने अटोरिक्सा सञ्चालनमा पनि केही समय रोक लगाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद कर्मा घलेको मंगलबार (आज) निधन भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा...
नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।...
काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...