थ्रेसहोल्ड कटाउने सात दल – Naya Bikalpa
March 29, 2024, Friday

थ्रेसहोल्ड कटाउने सात दल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ । राष्ट्रिय दल बन्नका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत पाउनुपर्छ । तर, प्रत्यक्षमा १० सीट जितेको नेकपा एसले समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाउने निश्चित भएको हो ।

अहिलेसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मतगणना हुँदा एसको खातामा २ लाख ९६ हजार ९० मत छ । मतपरिणाम आए एसको राष्ट्रिय पार्टी बन्ने सपना पूरा हुन कठिन देखिएको छ । जारी मतगणनाअनुसार अहिलेसम्म एमाले एमाले २८ लाख १४ हजार ६ सय ५५ मत पाएर पहिलो स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २ सय १८ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत पाएको छ ।

११ लाख २४ हजार ७ सय ७८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार ८ सय १६ मतका साथ पाँचौँ स्थानमा छ ।
जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय ५४ तथा जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ३८ मत पाएर थ्रेसहोल्ड कटाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ७४ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २ सय ९० मत पाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
  • २०७९ मंसिर २०, ११: ०१

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको...

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
  • २०७९ मंसिर २०, ११: ०१

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत...

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७९ मंसिर २०, ११: ०१

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...