उत्तर कोरियामाथि जापान नयाँ प्रतिबन्ध लगाउँदै – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

उत्तर कोरियामाथि जापान नयाँ प्रतिबन्ध लगाउँदै

जापानले १९ वटा उत्तर कोरियाली कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उत्तर कोरियाको आणविक हतियार निर्माणमा रोक लगाउन दबाब दिँदै जापानले थप प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको छ । जापानका विदेश मन्त्रीले शुक्रबारको पत्रकार सम्मेलनमा उत्तर कोरियाको अर्थ व्यवसायलाई धक्का पुर्याउने उद्देश्यले कोइला, मिनिरल, जहाजको सुविधा र नागरिकलाई विदेश पठाउने सम्बन्धी काम गरिरहेको १९ वटा कम्पनीहरुमाथि प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् ।

त्यस्ता कम्पनीहरुमा अमेरिकाले भने पहिले नै प्रतिबन्ध लगाइसकेको छ । शुक्रबार न्यूयोर्कमा बस्ने संयुक्त राष्ट्र संघको बैठकमा उत्तर कोरियाबारे छलफल गर्ने कार्यक्रम भएपनि जापानले यसअघि नै प्रतिबन्धको एकतर्फी घोषणा गरेको छ । उत्तर कोरियाले गत सेप्टेम्बर जापानको आकाश हुँदै ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि जापानका लागि चिन्ताजनक अवस्था सिर्जना भएको थियो । यसैको प्रतिक्रियामा जापानले यस्तो निर्णय लिएको बताएको छ ।

उत्तर कोरियालाई भविष्यमा अन्य कुनै मिसाइल परीक्षण गर्न नदिनका लागि यसरी आर्थिक दबाब दिइएको बताइएको छ । यस बारेमा जापानी सरकारका उच्च प्रवक्ताले ‘उत्तर कोरियाले लगातार भड्किलो बयान र निराशाजनक प्रदर्शन गरिरहेकाले यस मुद्दामा थप दबाब पैदा गर्न बाध्य भएका बताउँदै उनीहरुको आचरणमा कुनै परिवर्तन नआएपछि यसप्रति थप कारबाही गर्न जरुरी भएको बताए ।

सम्बन्धित समाचार

अक्टोबरमा एक लाख २८ हजार पर्यटक भित्रिए
अक्टोबरमा एक लाख २८ हजार पर्यटक भित्रिए
  • २०७४ पुष ४, ०९: ४०

काठमाडौं।यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको...

भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
  • २०७४ पुष ४, ०९: ४०

काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्...

गगन–विश्व सम्पर्क कार्यालयमा देखेपछि डा. शेखर दंग, यसरी मिल्यो कुरा !
गगन–विश्व सम्पर्क कार्यालयमा देखेपछि डा. शेखर दंग, यसरी मिल्यो कुरा !
  • २०७४ पुष ४, ०९: ४०

काठमाडौं । जेनजी आन्दोलनपछि सांगठित रुपमा थला परेको नेपाली राजनीतिका पुरानो कांग्रेस पार्टीभित्र वर्तमान संस्थापन पक्षले इत्तर पक्षलाई भित्तामा पु¥याउने...