उत्तर कोरियामाथि जापान नयाँ प्रतिबन्ध लगाउँदै – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

उत्तर कोरियामाथि जापान नयाँ प्रतिबन्ध लगाउँदै

जापानले १९ वटा उत्तर कोरियाली कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उत्तर कोरियाको आणविक हतियार निर्माणमा रोक लगाउन दबाब दिँदै जापानले थप प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको छ । जापानका विदेश मन्त्रीले शुक्रबारको पत्रकार सम्मेलनमा उत्तर कोरियाको अर्थ व्यवसायलाई धक्का पुर्याउने उद्देश्यले कोइला, मिनिरल, जहाजको सुविधा र नागरिकलाई विदेश पठाउने सम्बन्धी काम गरिरहेको १९ वटा कम्पनीहरुमाथि प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् ।

त्यस्ता कम्पनीहरुमा अमेरिकाले भने पहिले नै प्रतिबन्ध लगाइसकेको छ । शुक्रबार न्यूयोर्कमा बस्ने संयुक्त राष्ट्र संघको बैठकमा उत्तर कोरियाबारे छलफल गर्ने कार्यक्रम भएपनि जापानले यसअघि नै प्रतिबन्धको एकतर्फी घोषणा गरेको छ । उत्तर कोरियाले गत सेप्टेम्बर जापानको आकाश हुँदै ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि जापानका लागि चिन्ताजनक अवस्था सिर्जना भएको थियो । यसैको प्रतिक्रियामा जापानले यस्तो निर्णय लिएको बताएको छ ।

उत्तर कोरियालाई भविष्यमा अन्य कुनै मिसाइल परीक्षण गर्न नदिनका लागि यसरी आर्थिक दबाब दिइएको बताइएको छ । यस बारेमा जापानी सरकारका उच्च प्रवक्ताले ‘उत्तर कोरियाले लगातार भड्किलो बयान र निराशाजनक प्रदर्शन गरिरहेकाले यस मुद्दामा थप दबाब पैदा गर्न बाध्य भएका बताउँदै उनीहरुको आचरणमा कुनै परिवर्तन नआएपछि यसप्रति थप कारबाही गर्न जरुरी भएको बताए ।

सम्बन्धित समाचार

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७४ पुष ४, ०९: ४०

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
  • २०७४ पुष ४, ०९: ४०

काठमाडौं : अमेरिका र इरानबीच जारी तनाव र हालैको युद्ध अन्त्य गर्न एक ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति...

उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
  • २०७४ पुष ४, ०९: ४०

काठमाडौँ  : भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्...