एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल – Naya Bikalpa
March 29, 2024, Friday

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको बताइएको छ ।

सत्ता साँझेदार दलले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ ।

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ । सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न सत्ता साझेदार दलहरुले एमाले अध्यक्ष ओलीलाई जिम्मेवारी तोकेका छन् । ओली सरकारको न्युनतम साझा कार्यक्रम निर्माण समितिका संयोजक हुन् ।

 

सम्बन्धित समाचार

महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
  • २०७९ पुष १९, २३: ११

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित...

कपनबाट हतियारसहित गुण्डागर्दीमा संलग्न एक व्यक्ति पक्राउ
कपनबाट हतियारसहित गुण्डागर्दीमा संलग्न एक व्यक्ति पक्राउ
  • २०७९ पुष १९, २३: ११

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतियार सहित पक्राउ गरेको छ । गुण्डागर्दी...

बागमती सरकारमा मन्त्री बनेका बज्राचार्यलाई हानेपाले कारबाही गर्ने चेतावनी
बागमती सरकारमा मन्त्री बनेका बज्राचार्यलाई हानेपाले कारबाही गर्ने चेतावनी
  • २०७९ पुष १९, २३: ११

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि सो पार्टीमा विवाद भएको छ ।...