काठमाडौं । राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृतिमा विगतका बर्षहरुमा झै यस वर्ष पनि नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ विविध कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाएको छ ।
यसै सिलसिलामा पौष २१ गतेबाट पौष २७ गतेसम्म एकीकरण मार्ग पदयात्रा संचालन भएको थियो । बडामहाराजाधिराजबाट नेपालको एकीकरण अभियानको थालनी गर्ने बेला स्थापना भएका पाँचवटा पल्टनको प्रतिनिधित्व हुने गरी संचालन भएको पदयात्रा गोरखाबाट धादिङ्ग, नुवाकोट, काठमाण्डौं हनुमानढोका हुदै जंगी अड्डा पुगेर समापन भएको हो । उक्त पदयात्रा टोली काठमाण्डौं पुगेपछि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रममा गरिएको थियो ।
सोही अवसरमा जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डास्थित श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए । यसै क्रममा कविता प्रतियोगिताका उत्कृष्ट कविताहरु वाचन गर्नुका साथै प्रा.डा. जगमान गुरुङ्ग र प्रा.डा. घनश्याम भट्टराईबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिब्योपदेश सम्बन्धी प्रवचन भएको थियो । प्रधान सेनापतिले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्राहरुलाई पुरस्कृत गरे ।
पौष २७ गते नै प्रधान सेनापति महारथी शर्माले गोरखास्थित गोरखा दरबार, ठूलो आँगनमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन तथा विगुलद्वारा विजय ध्वनी सहित राष्ट्र निर्माता सलामी अर्पण गर्ने कार्यको शुभारम्भ र श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण समेत गरे ।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
बागलुङः इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका...