काठमाडौं । प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम आज निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी गरे ।
सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो भने उनको प्रस्तावकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी तथा समर्थकमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, गोपालबहादुर विश्वकर्मा र कमलप्रसाद जवेगु थिए ।
यसैगरी सभामुख र उपसभामुखको शपथ ग्रहणसम्बन्धी अनुसूची–२ मा भएको प्राविधिक त्रुटी सच्याउन प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मतिले अनुमोदन भएको छ । प्रदेश सभाको अर्को बैठक आजै अपराह्न २ बजे बस्ने छ ।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...