काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत छि सोङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदुतबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा चिनियाँ राजदुतले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीज्युलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताए ।
यता, प्रधानमन्त्री प्रचण्डले चिनियाँँ सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेका छन् । साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने...