फरेन्सिक विज्ञद्वारा शव पहिचान शुरु, पहिचान नभएका शब काठमाडौ लगिने – Naya Bikalpa
April 19, 2024, Friday
यति जहाज दुर्घटना प्रकरणः

फरेन्सिक विज्ञद्वारा शव पहिचान शुरु, पहिचान नभएका शब काठमाडौ लगिने


पोखरा । काठमाडौंबाट पोखरा आएका दुई फरेन्सिक विज्ञहरुले शव पहिचान कार्य शुरु गरेका छन् ।

यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट आएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा.समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् ।

जहाज दुर्घटनामा निधन भएका यात्रुको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी भइकाृ छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६९ जनाको शव भेटिएको छ । चार जनाको शवको खोजी भइरहेको छ । भेटिएका शवमध्ये २६ जनाको पहिचान भएको छ ।

दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।

सम्बन्धित समाचार

विश्वासको मत लिनै गठबन्धनलाई सकस
विश्वासको मत लिनै गठबन्धनलाई सकस
  • २०७९ माघ २, १६: ५८

पोखरा । विश्वासको मत पाएको घोषणा गराउने मुख्यमन्त्री खगराज अधिकारीको प्रयास असफल भएको छ । असफल भएलगतै १० वैशाखमा अदालतले...

काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
  • २०७९ माघ २, १६: ५८

काठमाडौं । गत चैत २७ गते राप्रपाले काठमाडौं गरेको जनप्रदर्शनका क्रममा विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको...

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ माघ २, १६: ५८

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...