काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छन् ।
उनले अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन परिसर पुगेर सभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
कांग्रेस सांसद न्यौपाने कैलालीकी हुन् । उनी कांग्रेस केन्द्रीय सदस्य हुन्। उनले लामो समय महिला संघमा काम गरेकी थिइन् भने महिला विभाग प्रमुख भएर पनि पार्टीमा काम गरेकी थिइन् । उनी सभापति शेरबहादुर देउवानिकट हुन् ।
कांग्रेस पदाधिकारी र संसदीय दल बैठकले सभामुखमा न्यौपानेलाई उठाउने निर्णय गरेको थियो । सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।
कांग्रेसले जसपा, एकीकृत समाजवादी र लोसपालगायत दलसँग छलफल गरेर सभामुखमा समर्थन जुटाउने तयारी गरेको छ।
प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्।
काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...