प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा | Naya Bikalpa
February 7, 2023, Tuesday

प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज  आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

सोही अवसरमा प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गरेका थिए । यस्तै स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरे ।

सम्बन्धित समाचार

कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु
कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु
  • २०७९ माघ ६, ११: १७

  काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद कर्मा घलेको मंगलबार (आज) निधन भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा...

राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वाररलाई विजयी गराउछौं – डा. शेखर
राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वाररलाई विजयी गराउछौं – डा. शेखर
  • २०७९ माघ ६, ११: १७

नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।...

बालिका हत्यारालाई जन्मकैदको फैसला
बालिका हत्यारालाई जन्मकैदको फैसला
  • २०७९ माघ ६, ११: १७

काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...