काठमाडौं । शेयर बजारमा साताको दोसो दिन सोमबार दोहारो अंकले घटेको छ । आज नेप्से १३.७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा रोकिएको छ । आज शेयर बजारमा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ४१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ ।
जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआइसी इन्स्यारेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्स कम्पनी रहेका छन् ।
आज हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज २७ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...