शेयर बजारमा सामान्य अंकको सुधार, तीन अर्बमाथिको कारोबार | Naya Bikalpa
February 7, 2023, Tuesday

शेयर बजारमा सामान्य अंकको सुधार, तीन अर्बमाथिको कारोबार


काठमाडौं । शेयर बजार कारोबारको तेस्रो दिन मंगलबार कारोबारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से ८.१५ अंकले बढेर दुई हजार एक सय ७३ दशमलव २४ विन्दुमा बन्द भएको छ । मंगलबार तीन अर्ब २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १०९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ ।

जसमा सानिमा जिआइसी इन्स्योरेन्स, सूर्यदय वमी माइक्रोफाइनान्स, र शिवश्री हाइड्रोपवार रेहका छन् । आज मैलुङ खोला जलविद्युत र एनएमबि हाइब्रिड फण्डको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज १२ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ ।

सम्बन्धित समाचार

बालिका हत्यारालाई जन्मकैदको फैसला
बालिका हत्यारालाई जन्मकैदको फैसला
  • २०७९ माघ १०, १५: २९

काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...

सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
  • २०७९ माघ १०, १५: २९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...

नेप्सेमा हरियाली, ३ अर्ब ३६ करोडमाथिको कारोबार
नेप्सेमा हरियाली, ३ अर्ब ३६ करोडमाथिको कारोबार
  • २०७९ माघ १०, १५: २९

काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...