टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो – Naya Bikalpa
April 20, 2024, Saturday

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

एजेन्सी । टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो ।

पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। युएसजीएसका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.८ मापन गरिएको अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’ले जनाएका छन् ।

टर्की केन्द्रविन्दु रहेको भूकम्पको धक्का लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि महसुस गरिएको छ ।
टर्कीका गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताए । यी सहरहरू काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिस हुन्।

भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ। त्यहाँ सयौं घरहरू भत्किएका छन्।

लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ। अहिलेसम्म २० भन्दा बढी परकम्प आइसकेको बताइएको छ। तीमध्ये एउटा परकम्प ६.६ म्याग्नेच्युडको थियो।

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
  • २०७९ माघ २३, १२: ३८

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै खुला...

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ माघ २३, १२: ३८

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ माघ २३, १२: ३८

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...