
काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारी विघटनमा परेको छ ।
गत वर्ष भदौ २२ गते भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट निर्वाचित भएकी पञ्चा सिंह आर्थिक अपचलन र अबैध आर्थिक चलखेलमा लागेको भन्दै अखिल भित्रैबाट राजिनामा दिन दबाब आएको थियो ।
अध्यक्ष सिंहको निर्देशन र संरक्षणमा आर्थिक सहायताको नाममा रकम संगलन गर्न थालिएको भन्दै अखिल क्रान्तिकारीका ७ जना उपाध्यक्षसहितका पदाधिकारीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा निकट मानिएकी सिंहलाई कारबाही गरेका थिगएनन् ।
सरकारको समन्वमा त्रिभुवन विश्वविद्यालयले आगामी चैतमा स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन गर्ने तयारी गरेपछि विवादस्पद छवि भएकी अध्यक्ष सिंह नेतृत्वको अखिल क्रान्तिकारीलाई माओबादी केन्द्रले विघटन गरेको पार्टी स्रोतले जनायो ।
माओवादी स्थायी कमिटी बैठकले अखिल क्रान्तिकारीको विवाद सार्वज्निक भएको भन्दै सिंह नेतृत्वको कमिटी विघटन गरेर आयोजक कमिटी बनाउने निर्णय गरेको पार्टी स्राेतले जनाएको छ ।
अखिल क्रान्तिकारीको विधान बमोजिम हरेक २ वर्षमा सम्मेलन हुने व्यवस्था थियो तर, विवादस्पद अध्यक्ष सिंहको नेतृत्वमा गठित समितिले गति नलिएको र आगामी स्ववीयू निर्वाचनमा संगठनवप्रति आकार्षण नबढ्ने भन्दै सिंह नेतृत्वको समिति विघटन गरिएको हो ।
‘अखिल क्रान्तिकारी अध्यक्ष सिंहविरुद्ध उपाध्यक्ष पवन कार्की समूहका सात उपाध्यक्षले समानान्तर कमिटी बनाएर गतिविधि गर्दै आएको छ ।
तत्कालीन अध्यक्ष रञ्जित तामाङको कार्यकाल सकिएपछि अध्यक्षका आकांक्षीइहरु सुरेन्द्र बस्नेत, तिलक भण्डारी, विजय गौतम, दीपक देवकोटा, उत्तम अधिकारी लगायतका नेताहरू थिए । महिलामा पञ्चा सिंह मात्र प्रतिष्पर्धामा उत्रिएपछि माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई रोजेका थिए ।
यस्तो थियो विवाद
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) र पोखरा विश्वविद्यालयसँग अनेरास्ववियू (क्रान्तिकारी)का पदाधिकारीहरुले केही सेवा विस्तार र केही कलेजलाई सम्वन्धन दिन लागेको विषयमा पहिले आन्दोलन गरेको र केही रकमको सौदाबजीपछि आन्दोलन फिर्ता गरेको आरोप अध्यक्ष पञ्चा सिंहमाथि लागेको थियो ।
अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय लेखा आयोग प्रमुखले समेत अध्यक्ष सिंहतर्फ संकेत गर्दै केन्द्रको निर्देशनमा आर्थिक चलखेल भएको भन्दै त्यस्तो काममा संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।
सात जना उपाध्यक्षहरुले संगठन भित्र देखिएको समस्या समाधानका लागि तत्काल पदाधिकारी बैठक बोलाउन अध्यक्ष सिंहलाई आग्रह गरे । तर उनले पटक्कै मानिन् । त्यसपछि ७ उपाध्यक्षहरुले पार्टी अध्यक्षलाई संवोधन गर्दै माओबादीको केन्द्रीय कार्यालयमा निवदेन दिएका थिए ।
उपाध्यक्षहरु इन्द्र भुसाल, मिलन एमसी, लक्ष्मी जोशी, राजकुमार याक्सो, नारायण खनाल, डा. अच्युत भट्ट र गजेन्द्र देवले बैठकको माग गर्दै निवेदन दिएका थिए । उनीहरुले निवेदन दिएकै दिन केन्द्रीय कोषाध्यक्ष भूषण शाही र केन्द्रीय लेखा आयोग प्रमुख विश्वमणि थापाले सिटीईभिटी र पोखरा विश्वविद्यालयमा आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको भन्दै घटना सार्वजनिक गरेका थिए ।
आर्थिक चलखेल जस्तो गम्भीर विषयले संगठनको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न खडा भएको उपाध्यक्षहरुले पार्टी नेतृत्वको बारम्बार ध्यानाकर्षण गराएका थिए ।
केन्द्रीय उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले सिटिइभिटी र पोखरा विश्वविद्यालयमा अखिल क्रान्तिकारीबाट आर्थिक बार्गेनिङ भइरहेको सामाजिक सन्जालमा स्टाटस नै पोष्ट गरेका थिए ।
तर आर्थिक लेनदेख र चलखेलमा संलग्न भएको आरोप लागेका अखिल क्रान्तिकारीको सिटिइभिटी राष्ट्रिय समितिका अध्यक्ष वीरेन्द्र विष्टले भने त्यसबेला पत्रकार सम्मेलन गरेर खण्डन गरेका थिए । उनले संगठनविरुद्ध दुष्प्रचार गर्नेहरुलाई कारबाही गर्न माग गरेका थिए ।
माओबादी नेतृत्वले सो प्रकरणलाई अनदेखा गरी भित्र भित्रै आफ्नो संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको बार्गेनिङ भएको सामाजिक सञ्जालमा पोष्ट गरेपछि विषय वाहिर आएको थियो ।
पोखरा विश्वविद्यालयका अनुसार गत भदौमा सम्बन्धनका लागि आवेदन आह्वान गर्दा करिब १५० कलेजले आवेदन दिएको र प्रक्रिया अघि बढेको थाहा पाए पछि अखिल क्रान्तिकारीले विभिन्न माग राखेर तालाबन्दी गरेका थिए । पोखरा विश्वविद्यालयबाट ११ लाख रुपैयाँ असुलेको आरोप सिंह माथि लागेको थियो ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...