भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो – Naya Bikalpa
March 28, 2024, Thursday

भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो


काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको विमानमार्फत उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।

बुधबार राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । हरिकलाको भने निधन भइसकेको छ । उनको ७० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

चिकित्सकले नेता भण्डारीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उनलाई भारतको मुम्बई लगिएको हो । भण्डारीको उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा हुने जनाइएकाे छ ।

नेता भण्डारीले नेपालमै उपचार गर्ने चाहना राखेका थिए । यद्यपि, स्वास्थ्यमन्त्री पदम गिरीले अस्पतालमा पुगेर नेता भण्डारी र चिकित्सकसँगको भेटपछि भण्डारीलाई थप उपचारका लागि भारत लैजान मनाएका थिए ।

चन्द्रको शरीर ३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चन्द्रका दुवै हात गोडा र अनुहार जलन भएको छ । स्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको अस्पतालका चिकित्सकद्वय डा. किरण नकर्मी र डा.निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो अवस्थामा सुविधासम्पन्न अस्पतालमा उपचार गर्नु राम्रो हुने चिकित्सकले सुझाव दिएका थिए ।

उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा.रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहने मन्त्रालयले जनाएको छ । त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन् । भण्डारी गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
  • २०७९ फाल्गुन ४, १६: ११

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी...

चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
  • २०७९ फाल्गुन ४, १६: ११

काठमाडौं । बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो...

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ फाल्गुन ४, १६: ११

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...