चौध निर्माण कम्पनीलाई कारबाहीको तयारी – Naya Bikalpa
March 29, 2024, Friday

चौध निर्माण कम्पनीलाई कारबाहीको तयारी


चितवन । भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी गरिएको छ । पालिकाभित्रका विभिन्न निर्माणको जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही सुरु गरिएको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

उनका अनुसार महानगरले यस वर्ष दुई निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गर्नाका साथै थप १४ कम्पनीलाई कारबाहीका लागि कार्यपालिका बैठकले निर्णय भइसकेको छ । सिफारिसमा परेका दुई कम्पनी कारबाहीमा परिसकेका इन्जिनियर आचार्यले बताए । उनले भने, “कार्यपालिका बैठकले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेकाले कारबाहीको प्रक्रिया अघि बढेको छ ।” कारबाही गरिएकामा काठमाडौँस्थित अनुष्ठा कन्स्ट्रक्सन प्रालि र भरतपुरस्थित जनकन्स्ट्रक्सन रहेका छन् । ती कम्पनीलाई कामको प्रकृति हेरी एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिने उनको भनाइ थियो ।

कालोसूचीमा परेका कम्पनीले एकदेखि तीन वर्षसम्म विकास निर्माणका लागि नयाँ ठेक्का सम्झौता गर्न नपाउने, बाँकी कामको समेत चलन चल्तीको मूल्यमा असुल उपर गराउने इन्जिनियर आचार्यले जानकारी दिए ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता गरी काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताए । उनले भने, “समयमा काम नगर्नेलाई कारबाही र समयमा काम सम्पन्न गर्नेलाई सम्मान गर्नेछौँ ।” ठेकेदार कम्पनीलाई कुनै पनि बहानामा काममा ढिलासुस्ती गर्न छुट नभएको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
  • २०७९ चैत्र १, १६: ४२

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको...

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
  • २०७९ चैत्र १, १६: ४२

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत...

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७९ चैत्र १, १६: ४२

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...