सयोजन समितिको सिफारिस अनुसार गत पुसमा भएको कांग्रेसको महसमिति बैठकमा फोरम लोकतान्त्रिकका दुई सय जनाले महासमिति सदस्यको रुपमा भाग लिएकाहरुलाई महाधिवेशन प्रतिनिधिको मान्यता दिइएको छ । त्यसतै, गच्छदारको सिफारिसमा महासमिति बैठकमा पर्यवेक्षकका रुपमा भाग लिएका एक सय ४८ जनालाई पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । त्यस्तै, नयाँ निर्णय गरी दुई सय ५२ जनालाई पनि महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय भएको छ ।
२२ जिल्ला कार्य समितिमा प्रतिनिधित्व
समायोजनको सहमति अनुसार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट आएका क्रियाशिल सदस्यहरुको सख्याको आधारमा २२ जिल्लामा पदाधिकारीसहित सदस्यको प्रतिनिधित्व सुनिश्चित भएको छ भने काठमाडौं र पश्चिम नवलपरासीमा भने पछि निर्णय हुने गरी समायोजन गर्ने जनाइएको छ ।
जसअनुसार सबैभन्दा बढी मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ सहित १५ जना सदस्यले अवसर पाउने भएका छन् । त्यस्तै सुनसरी र कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, बर्दिया र सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना, सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १÷१ र सदस्य ७÷७ जना, झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १÷१ र सदस्य ५÷५ जना, वारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १÷१ र सदस्य ३÷३ जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।
ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा भने सहसचिव १÷१ र सदस्य ३÷३ जना हुने छन् । काठमाण्डौ र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने सहमति भएको छ ।
उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १÷१ र सदस्य २÷२ जनाले समायोजनको मौका पाउने भएका छन् । समायोजनको सहमति अनुसार अनुसार प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एक हजार जनाभन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सह –सचिव र सदस्य ८ जनालाई समायोजन हुने छने भने सुनसरी क्षेत्र नं. ३ को हकमा सदस्य संख्या ९ रहने भएको छ ।
त्यस्तै, सात सयभन्दा बढी र एक हजारभन्दा कम क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना सात सयभन्दा कम र तीन सयभन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १ र सदस्य ३ जना, तीन सयभन्दा कम र एक सय भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सहसचिव १ र सदस्य २ जना, एक सयभन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कुनै महत्वपूर्ण सदस्यलाई क्षेत्रीय कार्यसमितिको बैठकको निर्णयबाट क्षेत्रीय कार्यसमितिको बैठकमा सदस्य÷ आमन्त्रित गर्न सक्ने सहमति भएको छ ।
भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको केन्द्र र प्रदेश तहको समायोजनको हकमा पार्टीको केन्द्रीय कार्यसमितिले र जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर गाउँ कार्यसमितिको समायोजनको हकमा सम्बन्धित भ्रातृ संघको केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुनेछ ।
शुभेच्छुक संस्थाको समायोजनका लागि सम्बन्धित शुभेच्छुक संस्थाहरुसंग पार्टीले समन्वय गर्ने सहमतिमा जनाइएको छ । समायोजन समितिको सदस्यमा अर्का उपसभापति विजयकुमार गच्छदार–सदस्य, सहमहामन्त्री डा. प्रकाशशरण महत–सदस्य, केन्द्रीय सदस्य श्री महेश आचार्य–सदस्य र केन्द्रीय सदस्य श्री दिपक गिरी थिए ।
तत्कालिन फोरम लोकतान्त्रिकको सबैभन्दा राम्रो संगठन भएको जिल्लामा
मोरङ, सुनसरी, दाङ, कैलाली, बर्दिया र काभ्रेलाई मानिन्छ । गच्छदारले तत्कालिन नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समायोजन गराउनु अघि र पछि एक दर्जन केन्द्रीय र दुई दर्जनबढी जिल्लास्तरका नेताहरुले पार्टी परित्याग गरिसकेका छन् ।
वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव तत्कालिन माओवादीमा प्रवेस गरी प्रतिनिधिसभाको सस्यमा निर्वाचित सांसद भएका न् भने राजपा छोडेर आएका विमलकुमार श्रीवास्तव तत्कालिन समाजवादी फोरममा प्रवेश गरी सांसद भइसकेका छन् । पूर्वसांसद मृगेन्द्रकुमार सिंह यादव राजपामा प्रवेश गरिसकेका छन् भने भानु चौधरी र सांसद गीता राणाले पनि लोकतान्त्रिक फोरम परित्याग गरेका थिए ।
काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...